एजेन्सी– मनले चाहेजस्तो वा कल्पना गरेजस्तो सधैं प्रेममा सफलता मिल्छ नै भन्ने छैन । असफल हुँदा वा ब्रेकअप हुँदा चाहिँ मन निकै खिन्न हुन्छ । तर पनि यसबाट बाहिर निस्कनुको विकल्प छैन । जीवनमा यस्ता समस्याहरुको सामना गर्न विभिन्न उपाय हुनसक्छन् । केही उपायः
रुनुसम्म रुनुहोस्, पीडा बिर्सनुहोस्:
आँसुलाई बहन दिनुहोस्, दुःख तथा पीडाबाट मनलाई बाहिर निकाल्नका लागि पनि रुनु जरुरी हुन्छ । केही मनोचिकित्सकहरु त रुनु भनेको मानिस बलियो हुनु हो भन्ने पनि मान्छन् ।
आफूलाई व्यस्त राख्नुहोस्ः
एक्सरसाइज गर्नुहोस्, पढ्नुहोस वा भिडियो हेर्नुहोस् । यस्ता कुराहरु छान्दा आफूलाई बलियो बनाउने विषयहरु रोज्नुहोस् । मुड ठिक बनाउन लागि पर्नोस्, कोशिस गर्नुहोस् । यसले ब्रेकअपको पीडा भुल्न सहयोग गर्छ ।
भावनात्मक सहयोग खोज्नुहोस्ः
साथीहरुसँग कुरा गर्नुहोस् । उनीहरुसँग समय बिताउनुहोस् । दुःखमा साथीहरुको सहयोग लिनुहोस् । यसले टुटेको प्रेमको पीडा भुल्न सहयोग गर्छ ।
ब्रेकअपपछि भेट्न नखोज्नुहोस्ः
जोसँग ब्रेकअप भएको हो, उसँग भेट्न खोज्नु हुँदैन । मनमा यस्तो चाहना आएको भए पनि त्यसबाट बच्नु पर्छ । ब्रेकअपपछि भेट्नुको कुनै अर्थ हुँदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।