पाकिस्तानसँग भारत पराजित भएपछि पञ्जाबमा काश्मिरी छात्रमाथि हमला

आईसीसी टि–२० विश्वकपमा भारत पाकिस्तानसँग पराजित भएपछि पञ्जाबमा काश्मिरी छात्रमाथि आक्रमण र कुटपिट भएको छ । 

भारतीय क्रिकेट समर्थकहरुले काश्मिरी छात्रहरुमाथि हमला र कुटपिट गरेको काश्मिरको मुद्दाबारे रिपोर्टिङ गर्ने वेबसाइटहरुले उल्लेख गरेका छन् ।

फ्रि प्रेस कास्मिरका अनुसार पञ्जाबको गुरुदास इन्स्टिच्युट अफ इन्जिनियरिङ तथा प्रविधिका विद्यार्थीमाथि हमला भएको हो । 

काश्मिरी छात्रलाई होस्टलको कोठामा प्रवेश गरेर पिटेको भिडियो एक विद्यार्थीले फेसबुकमा लाइभ गरेका थिए ।

यो खबरपछि नेशनल कन्फ्रेन्सका प्रवक्ता इफरा जानले ट्विरमा पञ्जाबमा मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई ट्याग गर्दैै विद्यार्थीको सुरक्षाको सुनिश्चितताको माग गरेका छन् । 

आइतबारर भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । 
 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार ९:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया