नेपाल आइपुग्याे फाइजर  खाेप

अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकाे फाइजरको १ लाख ६२० डोज खोप नेपाल आइपुगेकाे छ । 

आज बिहान कतार एयरवेजको विमानमार्फत खाेप काठमाडौं आइपुगेको हो । 

अमेरिकाले यसअघि पनि नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार खोप अनुदानमा उपलब्ध गराएको थियो । यो खोप एक डोज मात्रै लगाए पुग्ने खोप हो । 

फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सनका खोप लगाइएको छ।  

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले निर्माण गरेको यो खोप १२ वर्षमाथिको समूहमा प्रभावकारी देखिएको छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएको छ । 

फाइजरको खोप दीर्घ रोगीलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । आगामी पुसमा थप ६० लाख डोज खोप आएपछि बालबालिकामा लगाउने तयारी छ । नेपालले ६० लाख डोज फाइजर खोप किन्नको लागि सम्झौता गरिसकेको छ । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार ९:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया