प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक बहिष्कार गरेका १४ न्यायाधीशको बैठक बसिरहेको छ ।
प्रधानन्यायाधीश जबराबारे थप धारणा बनाउन बैठक बसेको हो ।
जबराले आज एक बजे फुलकोर्ट बैठक बोलाएका छन् । बहिष्कार गरेको अवस्थामा बैठक प्रभावित हुने देखिन्छ ।
नेपाल बार एसोसिएसनको माग अनुसार वरिष्ठ अधिवक्ताको उपाधि दिने लगायत विषयमा छलफल गर्न जबराले फुलकोर्ट बोलाएका हुन् ।
तर, मन्त्रिपरिषदमा भाग खोजेकोदेखि न्यायालयमा देखिएको भ्रष्टाचार नियन्त्रणमा कदम नचालेको भन्ने लगायत विषयको टुंगो लगाउनेबारे चासो नदिएको भन्दै ती १४ न्यायाधीशले फुलकोर्ट बहिष्कार गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।