प्रधानन्यायाधीश जबराविनाका सात इजलास तोकिए

पछिल्लो समय विवादको घेरामा तानिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सातवटा इजलास तोकेका छन् । तर, यी कुनैमा पनि उनी छैनन् ।

न्यायाधीशहरू दीपककुमार कार्की, हरिप्रसाद फुयाँल, मीरा खड्का, कुमार रेग्मी, हरिकृष्ण कार्की, डा. मनोजकुमार शर्मा, विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, डा. आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुंगाना, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको मात्रै इजलास तोकिएको छ । 

यसअघि प्रधानन्यायाधीश जबरा इजलासमा रहने गर्थे । 

फुलकोर्ट बैठक आज मध्यान्ह आह्वान गरेका कारणले पनि आफू सम्मिलित इजलास प्रधानन्यायाधीश जबराले नतोकेको हुनसक्ने अनुमान गरिएको छ ।

अर्कोतिर, १४ जना न्यायाधीशले इजलासलाई पनि बहिस्कार गर्ने यसअघि नै निर्णय गरिसकेका छन् । सोहीकारण, इजलास तोकिएको तीन घण्टा हुन लाग्दासम्म कुनै रिटको सुनुुवाइ प्रक्रिया सुरु भएको छैन । बरु ती १४ न्यायाधीश बैठकमा जुटेका छन् । 

प्रधानन्यायाधीश जबराले निकास (राजीनामा) दिनुपर्नेमा उनीहरूको जोड छ । जबराले आज दिउँसो बारका प्रतिनिधि सम्मिलित फुलकोर्ट बैठक बोलाएका छन् ।






  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १३:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया