एलिना चौहानको प्यारो भाई

गायिका एलिना चौहानले तिहार विशेष गीत सार्वजनिक गरेकी छिन् । तिहार नजिकिँदै गर्दा चौहानले ‘मेरो प्यारो भाइ’बोलको गीत सार्वजनिक गरेकी हुन् ।  
 
दिदी भाइको माया दर्शाउने उक्त गीत लेखु सहयात्रीले लेखेका हुन् । गीतमा संगीत पनि लेखुकै छ । गीतमा संगीत संयोजन भने विनश आचार्यले गरेका छन् ।
 
गीतको म्यूजिक भिडियोमा पनि गायिका चौहानले अभिनय गरेकी छिन् । उनको साथमा स्मारिका ढकाल, समारिका ढकाल, प्रतिक सुनुवार र सुगम श्रेष्ठले अभिनय गरेको छन् ।

विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियो छायांकन प्रकाश खड्काले गरेका हुन् । भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १३:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया