मकवानपुर उद्योग वाणिज्य संघमा एमाले भर्सेस कांग्रेस

मकवानपुर उद्योग वाणिज्य संघको ५४ र ५५औं साधारणसभा हेटौंडामा भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।   

आज साधारणसभा सकाएपछि भोलिबाट नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु हुँदैछ । जसको लागि आजै उम्मेद्वारी दर्ता हुनेछ । चुनावमा दुईवटा प्यानलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । 

संघका पूर्वअध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालका बिचमा कडा प्रतिस्पर्धा हुने भएको हो । पूर्वअध्यक्ष न्यौपाने चुनावकै लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट एमाले प्रवेश गरेका थिए भने कृष्ण गुप्ता अग्रवाल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँबाट कांग्रेसमा प्रवेश गरेका थिए ।

यसकारण पनि मकवानपुर उद्योग वाणिज्य संघको चुनाव कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको रुपमा जिल्लाका नेताहरु सक्रिय भएका छन् । चुनावी मैदानमा राजकुमार न्यौपानेको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिमा श्रेष्ठ, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौलागाईँ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी उम्मेदवार रहेका छन् ।

त्यस्तै सदस्य पदहरुको उम्मेदवारहरुमा नवराज खतिवडा, राजु थापा, अशोककुमार राउत, अजिव भट्टराई, तेजराज अधिकारी, दिपक शिवाकोटी, ज्ञानेन्द्र बर्तौला, मेनका श्रेष्ठ, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल, माधव ज्ञवाली, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, सुदर्शन पराजुली, विष्णु दाहाल, बालकृष्ण बजगाईँ, हरिनारायण ठाकुर, मनु दाहाल, नेत्र कुमारी भक्त अग्रवाल, राजु राउतलगायतत रहेका छन् ।

यस्तै अग्रवालको प्यानलमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिंह रानाभाट, एसोसियटतर्फको उपाध्यक्ष पदमा विष्णु खनाल, वस्तुगततर्फको उपाध्यक्ष पदमा काव्यमणि अधिकारी उम्मेदवार रहेका छन् ।



त्यस्तै सदस्यहरुमा कुलप्रसाद चौँलागाई, जावेद हुसेन, गणेशप्रसाद भेटवाल, पुष्पराज पुडासैनी, कृष्णप्रसाद ढुंगाना, निलम वैद्य, भुपेन्द्रप्रसाद अधिकारी, अंकिता सुमार्गी, प्रदिप अर्याल, दिपक खत्री, निमल पाण्डे श्रीकृष्ण कर्माचार्य, राजाराम कार्की, अनिलभक्त श्रेष्ठ, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, रुपकराज दाहाल, दिपक उप्रेती, दामोदर पाठक, र सितादेवी भेटुवाल रहेका छन् ।  

निर्वाचित सदस्यहरुबाट १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष र १ सह–कोषाध्यक्ष मनोनित हुनेछन् । त्यस्तै थप ३ जना सदस्य मनोनित गरिने जनाइएको छ । संघको समितिमा १२ जना पदाधिकारी र २० जना सदस्य गरी कूल ३२ जना रहने जनाइएको छ ।



  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १३:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया