प्रदेश २ मा जनमत पार्टीको सिटी जुलुस

सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार प्रदेश २ का जिल्लाहरूमा सिटी जुलुस प्रदर्शन गरेको छ ।

जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत जनकपुरधामसहित ८ वटै जिल्लाका सदरमुकाममा सिटी जुलुस प्रदर्शन गरेको हो ।

पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले पूर्वनिर्धारित कार्यक्रमअनुसार सिटी जुलुस प्रदर्शन गरेको छ । 

गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि प्रहरीले जनमतका १७ जना नेताकार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ । 

जनमतका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका थिए ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १६:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया