मन्त्रिपरिषद् बैठक : वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निगमका अध्यक्ष सुशील घिमिरेको राजिनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

आजको बैठकले बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यदल बनाएको छ । गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

कार्यदलका अन्य सदस्यमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको पनि उनले जानकारी दिए । 

त्यसैगरी बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने निर्णय पनि गरेको छ । 

त्यसैगरी, बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ । 

कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय पनि भएको पनि सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १९:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया