चामल विश्वमै प्राचिन र धेरै प्रयोग हुने खाद्यपदार्थ अन्र्तगत पर्छ । यसको उत्पत्ति फ्रेन्च शब्द ‘रिस’ र ग्रीक शब्द ‘ओरुजा’ बाट भएको हो । विश्वका लगभग सबै समाज र संस्कृतिमा चामलको विशेष स्थान रहेको छ । चामललाई शुद्धता, सम्पन्नता र आध्यात्मिकताको प्रतीक मानिन्छ ।
चामलको सुरुवात कसरी भयो भन्ने विषयमा केही तथ्यहरु भेटिन्छन्, ति निम्न छन्:
१) यजुर्वेदमा चामलको पाँच प्रजाति उल्लेख:
धान करीब एक करोड वर्ष अगाडी जंगलमा जंगली घाँसको रुपमा उम्रिएको थियो । जुन समयमा महाद्विप विभाजित भइसकेका थिएनन् । डा.ओमप्रकाशद्वारा लिखित पुस्तक ‘फुड एन्ड ड्रिन्ग्स अफ एन्सिएन्ट इन्डिया’ का अनुसार यजुर्वेदमा चामलका पाँच प्रजाति लेखिएको कुरा उल्लेख गरेका छन् । गर्मिको चामललाई ‘शष्टिका’, वर्षाको चामललाई ‘वर्षिका’ र ‘वृही’, पतझडको चामललाई ‘शरद’ र जाडो समयको चामलाई ‘हिमातंका (शाली)’ भनेर लेखिएको छ ।
२) चामलबाट मिठाई तयार गरिन्थ्यो:
प्राचीन भारतमा चामलको प्रयोगबाट धेरै प्रकारका मिठाईहरु बनाइने विभिन्न पुस्तकहरुमा उल्लेख छ । सुश्रुतले ‘विश्यन्डका’ नामक एक डिसको उल्लेख गरेका छन् । जसमा चामललाई घिउमा हल्का फ्राइ गरेर बनाइन्छ । फेरि चामलमा दुध र गुड मिसाएर यो मिश्रणलाई पकाउनुपर्छ, जसलाई खिरको प्रारम्भिक रुपमा पनि लिने गरिन्छ ।
यो बाहेक अर्काे भाेजन ‘उत्रैका’ पनि उल्लेख छ । जसमा चामलको ठाउँमा आटा लेखिएको छ । ‘पुपालिका’ नामक खानेकुरा पनि चामलको प्रयोग गरि तयार गरिन्थ्यो । केक पनि आटाबाट तयार गरिन्थ्यो । चरक संहितामा कामोद्दीपक औषधिका लागि अलमेटको वर्णन गरिएको पनि पाइन्छ । जसलाई अण्डा र चामलको आटामा घिउ राखेर पकाइन्थ्यो ।
३) इन्डोनेशियामा चामलको आधारमा बुहारी छानिन्थ्यो:
चामल विश्वको विभिन्न समुदायको विशेष हिस्सा बनेर रहेको छ । यसका विभिन्न रमाइला कहानीहरु पनि रहेका छन् । चीनमा युवतिहरु आफ्नो प्लेटमा जति चामलका दाना छोड्थे त्यति नै उनीहरुको भावि श्रीमानको अनुहारमा चिन्ता थपिने किवंदन्ती प्रचलनमा थियो । यो सायद खानेकुरा खेर नफाल्नलाई प्रोत्साहन गरेको हुनसक्छ ।
यस्तै जापानमा चामल भिजाएर पकाएमा सकारात्मक उर्जा उत्पन्न हुने र भोजनबाट धेरै शक्ति मिल्ने विश्वास गरिन्छ ।
इन्डोनेशियामा हुनेवाली बुहारीका लागि चामलको खानेकुरा राम्रोसँग बनाउन जान्नुपर्ने आवश्यकता थियो । जुन केटीले चामलको धेरै खानेकुरा बनाउन जानेकी हुन्थी, त्यही केटीलाई बुहारीको रुपमा छान्ने प्रचलन थियो ।
४) समृद्धिको आशीर्वाद:
एशियन देशका संस्कृतिमा चामलको महत्वपूर्ण स्थान रहेको छ । पूजाको समयमा भगवानलाई चामल चढाउने, भक्तमाथि पनि भगवानको आर्शिवाद स्वरुप चामलका दाना छर्ने गरिन्छ । विवाह संस्कारमा पनि नवदम्पतीलाई चामल छर्किएर आशीर्वाद दिने गरिन्छ । अन्नप्राशन संस्कारमा नवजात शिशुलाई प्रथम अन्नको रुपमा चामलको खीर खुवाउने गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।