साम्राज्ञीको ‘माया पिरेम’ माथि टिकटक प्रतिस्पर्धा : उत्कृष्टलाई १ लाख पुरस्कार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एक गीतको म्युजिक भिडियोमा अभिनय गरिन् । ठूलो पारिश्रमिक लिएर साम्राज्ञीले अभिनय गरेको उक्त म्युजिक भिडियोले राम्रो चर्चा पनि पायो । ‘माया पिरेम’ बोलको उक्त गीतको म्युजिक भिडियोमाथि टिकटक प्रतिस्पर्धा हुने भएको छ ।

यो प्रतिस्पर्धामा उत्कृष्ट हुने प्रतियोगीलाई १ लाख पुरस्कार प्रदान गरिने भएको छ । म्युजिक भिडियो निर्माण टिमले टिकटक प्रयोगकर्ताको अनुरोधमा यो प्रतिस्पर्धा राखेको हो । 

ट्री इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको उक्त म्युजिक भिडियोमाथि टिकटक बनाउने प्रतियोगीमध्ये उत्कृष्ट ३ लाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गर्ने म्युजिक भिडियो निर्माण टिमले जनाएको छ । 

प्रतियोगीहरूले आयोजकले दिएको विभिन्न ह्यास्ट्याप प्रयोग गर्दै भिडियो बनाउनुपर्ने छ । प्रयोगकर्ताले बनाएका टिकटकमा आएको भ्युज र लाइकका आधारमा विजेता घोषणा गरिने बताइएको छ ।

डिपी खनालले लेखेको यो गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १३:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया