राजीनामा माग्ने न्यायाधीशलाई प्रधानन्यायाधीशको जवाफ– सबैका विषयमा विवाद उठेका छन्, सामूहिक राजीनामा दिनेबारे सोचौं

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई आफूले राजीनामा नगर्ने बताएका छन् । 

आज सर्वोच्चका न्यायाधीशहरूसँगको भएको बैठकमा उनले यस्तो अडान राखेका हुन् । 

‘सडकबाट राजीनामा माग्दैमा म राजीनामा दिन्न । विवाद उठेको भरका राजीनामा दिने हो भने सबै न्यायाधीशको विषयमा विवाद उठेका छन् । विवाद आएका सबैले राजीनामा दिने हो भने सामूहिक राजीनामा दिनेबारे सोचौं,’ प्रधानन्यायाधीशको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक न्यायाधीशले भने । 

प्रधानन्यायाधीश राणा विवादमा तानिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश, पूर्व प्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले उनलाई मार्ग प्रशस्त गर्न भनिरहेका छन् । 

आजको बैठकमा पनि सर्वोच्चका न्यायाधीशहरूले उनलाई पदबाट राजीनामा दिई न्यायालयको साख जोगाउन आग्रह गरेका थिए । तर जवाफमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा गरेको भरमा राजीनामा नगर्ने स्पष्ट अडान राखेका थिए । 

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशको कार्यशैलीको विरोध जनाउँदै सोमबार उनले बोलाएको फुलकोर्ट बहिष्कार गरेका थिए । 






  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १३:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया