चुरिफुरीको शीर्ष गीत सार्वजनिक

रिलिज मिति नजिकिँदै गर्दा चलचित्र ‘चुरिफुरी’को प्रचार सुरु भएको छ । आगामी पुस ९ गतेलाई रिलिज डेट लिएको यो चलचित्र युनिटले प्रचारका क्रममा शीर्ष गीत रिलिज गरेको छ ।

चलचित्रको शीर्ष गीतमा गायिका बेनिशा पौडेल र गायक समिर आचार्यलाई सुन्न सकिन्छ । दीपक शर्माले लेखेको गीतमा दीपक र ऋषिराज आचार्यले सयुक्त रुपमा संगीत गरेका छन् ।

सार्वजनिक गीतमा चलचित्रका शीर्ष कलाकारहरु अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिव जंग बस्नेत, रविन्द्र झा लगायतलाई देख्न सकिन्छ । यो चलचित्रमा शिशिर भण्डारी, सुबोध गौतम, दीपक आचार्य, सुरविर पण्डित, सोना बज्रचार्यले पनि शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

ऋषिराज आचार्यको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा ऋषि र रिना ढकालले संयुक्त रुपमा लगानी गरेका छन् । राहुल राईको छायांकन रहेको चलचित्रमा भिमफेदी गु्रपको कोरियोग्राफी तथा नविन निरौलाको सम्पादन रहेको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १३:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया