कोरोना भाइरसका संक्रमित बढेपछि चीनमा ४० लाख जनसंख्या भएको एक सहरमा आजबाट लकडाउन सुरु गरिएको छ ।
सहरका बासिन्दालाई आपत्कालिन अवस्थामा मात्र घरबाट बाहिर निस्कन स्थानीय प्रशासनले भनेको छ ।
चीनभर संक्रिय कोरोना संक्रमितको संख्या निकै कम भए पनि गासु प्रान्तको राजधानी लानजुको एहतियातनलाई पुनः लकडाउन गरिएको हो । सोमबार चीनमा थप २९ जनाको कोरोना संक्रमण पुष्टी भएको थियो जसमध्ये ६ जना लानजूमा रहेका थिए ।
समाचार संस्था एएफपीका अनुसार सहरका प्रवेश र बाहिरिने क्रियाकलापलाई पूर्ण नियन्त्रणमा राखिएको छ । सबैलाई आफ्नो घर भित्र बस्न भनिएको छ । (बिबीसी)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।