नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतलाई मर्यादित बनाउन आग्रह गरेका छन् । एमालेको आज सुरु भएको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो आग्रह गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग भइरहेको बेलामा ओलीले यस्तो बताएका हुन् । ‘म आग्रह गर्न चाहन्छु अदालतलाई मर्यादित बनाऔं, निर्विवाद बनाऔं, जनताको विश्वासको केन्द्र बनाऔं। विवादको एउटा थलो, तमासाको थलो अदालतलाई बन्न नदिऔं, मेरो आग्रह छ,’ ओलीले भने ।
साथै, उनले पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘पाँचै जनाले परमादेश गरेर देश यो हालतमा पुर्याएको छ । पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र? सर्वसम्मतिको तपाईंहरूको निर्णयको सुगन्ध, दुर्गन्ध के फैलिरहेको छ म भन्न चाहन्न । यस हिसाबको सर्वोच्च अदालतको मान मर्दन यहाँहरूले गरिराख्नुभएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।