पाकिस्तान भर्सेस न्युजिल्यान्ड : प्लेयर्स टु वाच

टि–२० विश्वकपमा मंगलबार पाकिस्तान र न्युजिल्यान्ड आमनेसामने हुँदैछन् । खेल शारजाह क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने आठ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भारतलाई १० विकेटले हराएको पाकिस्तान आज उच्च मनोबलका साथ मैदान उत्रिने छ । न्युजिल्यान्ड पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्ने सोचमा छ । 

टि–२० का दुई उत्कृष्ट टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । हालसम्म यी दुईले टि–२० विश्वकपमा ५ खेल खेलेका छन् । जसमा पाकिस्तानले ३ र न्युजिल्यान्डले २ म्याचमा जित हात परेका छन् । 

यी दुईले २००७ को विश्वकपमा पहिलोपटक एकअर्काको सामना गरेका थिए । जसमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । सन् २०१६ को पछिल्लो भेटमा न्युजिल्यान्डले २२ रनको जित हात पारेको थियो । 

‘प्लेयर्स टु वाच’

मार्टिन गुप्टिल (न्युजिल्यान्ड)



गुप्टिल टि–२० का उत्कृष्ट ब्याटर हुन् । उनले न्युजिल्यान्डका लागि १०२ खेल खेल्दा २ शतक र १७ अर्धशतक सहित २ हजार ९४९ रन प्रहार गरेका छन् ।

गुप्टिलले विश्वकपअघि इंग्ल्यान्डविरुद्धको अभ्यास खेलमा २० बलको सामना गर्दै ४ चौका र ३ छक्कासहित ४१ रन बनाएका थिए । उनी पाकिस्तानी बलरका लागि घातक बन्न सक्छन् । 



मोहम्मद रिजवान (पाकिस्तान)

रिजवान पाकिस्तानका महत्वपूर्ण खेलाडी हुन् । उनले देशका लागि ४४ टि–२० खेल खेल्दा १ शतक र ९ अर्धशतकसहित १ हजार १४४ रन बनाएका छन् ।

जारी विश्वकपको पहिलो खेलमा भारतलाई १० विकेटले हराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रिजवानले ५५ बलको सामना गर्दै ६ चौका र ३ छक्काको मद्दतले अविजित ७९ रनको पारी खेलेका थिए ।

भारतविरुद्धको लयलाई कायम राख्न सके रिजवानलाई रोक्न न्युजिल्यान्डका बलरलाई मुस्किल पर्नेछ ।  

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १६:०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया