आज ६६६ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु

गत २४ घण्टामा देशभर ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २० जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर हाल १० हजार २९६ जना सक्रिय संक्रमित छन् ।

आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।

आज ६२२ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । आज काठमाडौं उपत्यकामा २३५ जना संक्रमित थपिएका छन् ।  





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १६:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया