विद्युतीय सवारी स्थापित गर्न सहुलितयतका लागि सरकार तयार : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छिन् । मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन् । 

उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युत् पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन् । मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारीसाधनले सहयोग गर्ने पनि स्पष्ट पारेकी छिन् । 

विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यका सरकारी कार्यालयमा र उपत्यकामा चल्ने सबै सवारीसाधन विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको जानकारी दिइन् । 

उर्जामन्त्री भुसालले भनिन्, ‘हाम्रो आफ्नो देशको हाइड्रो इलेक्ट्रिसिटी भेहिकलका रुपमा प्रयोग हुँदा देशको अर्थतन्त्रमा योगदान हुन्छ, असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउँछ, यसले रोजगार बढ्छ ।’ 

यातायातबाट आफ्नो शक्ति प्रयोगको हिसाबले पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्दै जलविद्युत् प्रयोग गरेर अघि बढ्दा अर्थतन्त्रको विकास हुने उनको भनाइ छ । 

मन्त्री भुसालले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलितयतका लागि तयार रहेको बताइन् । मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने र डोमेस्टिक कन्जम घटेको महसुल र सिँचाइमा घटेको महसुल लागू हुने बताइन् । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया