ताइवान मामिलामा पाकिस्तान चीनको पक्षमा

ताइवान मामिलामा पाकिस्तान चीनको पक्षमा देखिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको टेलिफोन कुराकानीमा सो प्रतिबद्धता जनाएका हुन् । 

पाकिस्तानी प्रधानमन्त्री खानले एक चीन नीतिप्रति पाकिस्तान अडिग रहेको र ताइवान, हङकङ र सिनजियाङ तथा मानव अधिकारप्रति चीनको अडानलाई आफूहरुले समर्थन गर्ने प्रस्ट पारे । 

चिनियाँ राष्ट्रपति सीले खानसँग मंगलबार भएको टेलिफोन कुराकानीमा चीन र पाकिस्तानबीचको ‘आइरन ब्रदर्स’ सम्बन्धको प्रशंसा गरे । अन्तर्राष्ट्रिय परिदृश्यमा जस्तो परिवर्तन आए पनि पाकिस्तान र चीन सधैँ विश्वासिलो ‘आइरन ब्रदर्स’ हुने सीको भनाइ थियो।

टेलिफोन कुराकानीमा आतंकवादविरुद्धको लडाइँ र सुरक्षा अवस्था सुधार्ने कार्यमा दुवै मुलुकले सहकार्य गर्नुपर्ने कुरालाई सीले जोड दिएका थिए ।
 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया