गृहले थाल्यो विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारका लागि परामर्श

गृह मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधार गर्न परामर्श बैठक गरेको छ । विगतको अनुभव र हाल कर्यान्यनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन मन्त्रालयले पहल थालेको छ ।
 
सोमबार काठमाडौंमा आयोजित परामर्श बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेकाले त्यसबाट पछि हट्नै नसक्ने बताए । उहाँले आवश्यकताको आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्माण गरिएको बताए । उनले संरचनाहरू नेपालको आवश्यकताअनुसार निर्माण गर्नुपर्ने र समयसापेक्ष सुधार गर्नुपर्नेमा जोड दिए । 
 
विपदमा सबै तहका सरकारको समन्वय र सक्रियताको खाँचो आवश्यक रहेको उनको भनाइ थियो । ‘विपदसँग जुध्न अधिकार प्रत्यायोजन गरेर मात्रै हुन्न, संघ एक्लैले गरेर पनि सक्दैन, संघ, प्रदेश र स्थानीय तह सँगसँगै जानुपर्छ,’ गृहमन्त्री खाणले भने ।

विपद् व्यवस्थापनका विषयमा ऐन, कानुनमा उल्लेख छैन भनेर काम गर्न विर्सन नहुने र त्यसपप्रति मन्त्रालय सचेत रहेको मन्त्री खाँणले बताए । विपदपछिको पुनःनिर्माणमा समन्वय अभाव देखिएको उनले बताए । 

सुरक्षा निकायले जसरी अन्य सरकारी निकाय विपद व्यवस्थापनमा लागेको नपाइएकाले त्यसतर्फ गम्भीर हुनसमेत गृहमन्त्री खाँणले सबैलाई आग्रह गरे । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया