नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।
भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले प्रधानन्यायाधीशसम्बन्धी विवाद एक–दुई दिनभित्रै टुंगिने बताए । दाहालले भने, ‘हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्यौँ । अब पाँचै दल बसेर एक–दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौँ ।’
न्यायालयको स्वतन्त्रतामा कतैबाट आँच नआओस् भने सन्दर्भमा सबै सतर्क हुनुपर्ने उल्लेख गर्दै दाहालले भने, ‘अहिले जुन डिबेट चलेको छ, त्यो एक–दुई दिनभित्रै निष्कर्षमा पुग्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।