इजलास बहिष्कार गर्ने र गुटबन्दी गर्ने काम न्यायाधीशको होइन : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले इजलास बहिष्कार गर्ने सर्वोच्च अदालतका न्यायाधीशप्रति असन्तुष्टि पोखेका छन् । 

इजलास बहिष्कार गर्ने, न्याय निरुपण नगर्ने र न्यायापालिकामित्र राजनीति–गुटबन्दी गर्ने काम न्यायाधीशको नभएको उनले बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले यस्ता अमर्यादित गतिविधि तत्काल रोकिनुपर्ने माग राखेका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमा बस्ने नैतिकता गुमाइसकेको उनले बताएका छन् । संसद्, नागरिक समाज र सञ्चारमाध्यमले यसमा खबरदारी गरिरहने उनले बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १८:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया