राष्ट्रिय महिला लिग छनोट : रोङको फराकिलो जित

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट रोङ गाउँपालिकाले फराकिलो जित हात पारेको छ ।  

रोङले एन्फा कम्प्लेक्स सातदोबाटोमा मङ्गलबार भएको तेस्रो खेलमा सिकोट गाउँपालिकालाई ११–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो ।  

रोङको एकतर्फी जितमा इन्दिरा राईले ५, अनिता राईले ३, विमला विक, अनिशा राई र दिपा राईले १–१ गोल गरे ।

रोङले पहिलो खेलमा काठमाडौं महानगरपालिकसँग गोलरहित बराबरी खेलेको थियो । 

लिगअन्तर्गत मङ्गलबार नै भएका अन्य खेलमा देवचुली नगरपालिकाले जानकी नगरपालिकालाई ७–० तथा भक्तपुर नगरपालिकाले पुतलीबजार नगरपालिकलाई ८–१ ले पराजित गरे ।  
 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १९:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया