हनी ट्र्यापको आरोप लागेकी युवती पक्राउ

प्रहरीले हनी ट्रयापमा संलग्न रहेको आरोप लागेकी एक युवतीलाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको छ । 

विभिन्न युवाहरुलाई हनी ट्रयापिङमा पारी ठगी गर्दै हिँडेकी सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुंगाकी देवी थापा पक्राउ परेकी हुन् । 

पक्राउ परेकी युवतीमाथि हनी ट्रयापिङको समेत उजुरी परेको भए पनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताएक छन् । 

उनले कम्तीमा ६ जना युवाहरुलाई हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । 

उनीमाथि सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, नेपाल प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवासँग १३ लाख, जन्मजात अशक्त एक युवासँग २ लाख २१ हजार ठगी गरेको उजुरी परेको छ ।

ओखलढुंगाकै एक युवालाई खातामा पैसा नभएको चेक दिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनले दिएको ११ लाख ५० हजारको चेक साट्न जाँदा बैंकमा नसाटिएपछि ती युवाले युवतीविरुद्ध चेक बाउन्सको उजुरी दिएका थिए । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १९:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया