टि–२० विश्वकप : दक्षिण अफ्रिकाको पहिलो जित

आइसिसी पुरुष टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो जित हात पारेको छ । उसले सुपर १२ को समूह ‘१’अन्तर्गत मंगलबारको खेलमा वेस्ट इन्डिजलाई २ विकेटले पराजित गरेको हो ।

१४४ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि एडेन मार्करमले अर्धशतकीय पारी खेले ।

मार्करमले २६ बलको सामना गर्दै २ चौका र ४ छक्कासहित अविजित ५१ रन प्रहार गरे । रस्सी भान डेर डुसेन ४३ रनमा अविजित रहँदा रेजा हेन्ड्रिक्सले ३९ रन बनाए ।

वेस्ट इन्डिजका अकिल होसेनले १ विकेटहात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।  

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि इभन लुईसले अर्धशतकीय पारी खेले । उनले १०.३ ओभरमा केशव महाराजले कागिसो रावडाबाट क्याच गराउनुअघि ३५ बलमा ३ चौका र ६ छक्कासहित ५६ रन प्रहार गरे ।



कप्तान काइरोन पोलार्डले २६ र लिन्डल सिमोन्सले १६ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि ड्वेन प्रिटोरियसले ३, केशव महाराजले २ तथा कागिसो रावडा र एनरिच नोर्खियाले १–१ विकेट हात पारे ।



जितसँगै दक्षिण अफ्रिकाले २ खेलमा २ अंक जोड्दा साबिक विजेता वेस्ट इन्डिजको भने यो लगातार दोस्रो पराजय हो ।
 
पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित हुँदा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ६ विकेटले हारेको थियो ।

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १९:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया