सहमति नजुटेपछि एमाले पोखराको अधिवेशन स्थगित

नेकपा एमालेको पालिका अधिवेशनअन्तर्गत पोखराको अधिवेशन एक दिन स्थगित भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेगरि सुरु भएको अधिवेशनमा धेरैले नेतृत्व दाबी गरेपछि स्थगित भएको हो । 

‘५–६ जना आकांक्षी हुनुभयो । धेरै उम्मेदवार भएपछि अहिले सहमति जुट्ने अवस्था देखिएन,’ एक नेताले भने, ‘रातभरिमा मिलाएर भोलि अधिवेशन सुरु गर्ने भनिएको छ ।’

पोखराको नेतृत्वका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारीको आफ्नै दाबीछ । नेतृत्वमा हालका अध्यक्ष दीपक पौडेल, नेता तेजनारायण अधिकारी, दिलीप न्यौपाने र व्यवसायीसमेत रहेका सञ्जीवबहादुर कोइरालाले दाबी गरेका छन् । 

पौडेल र अधिकारी गुरुङ निकट मानिन्छन् भने न्यौपाने अधिकारी गुटका हुन् । निर्वाचन प्रक्रिया नै बिहान १० बजेबाट सुरु हुने कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १९:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया