प्रदेश २ सरकारले मुस्कान खातुनको उपचारका लागि पाँच लाख सहयोग गर्ने

प्रदेश नं २ सरकारले पर्सा वीरगन्जकी एसिड पीडित मुस्कान खातुनको थप उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । प्रदेश    मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनको थप उपचारका लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । 

वीरगञ्ज–४ स्थित गणेशमान चोकमा ०७६ भदौ २० गते दुई किशोरले मुस्कानमाथि एसिड प्रहार गरेका थिए । उनीहरु अहिले सुधारगृहमा छन् । 

यसअघि खातुनको उपचारका लागि संघीय सरकारले पनि तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । उनको उपचारका लागि वीरगन्ज महानगरपालिका कार्यालयले दुई लाख रुपैयाँ र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मा तीन लाख सहयोग गरेका थिए । 

यसअघि प्रदेश सरकारले एसिडपीडित जनकपुरकी आरती साहलाई पनि पाँच लाख रुपैयाँ सहयोग गरेको थियो ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार २२:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया