प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना इजलासमा तोकिएका सबै मुद्दाको सुनुवाइ सकेका छन् । सहकर्मी १५ जना न्यायाधीशले इजलास बहिष्कार गरेको अवस्थामा जबराले भने पाँच मुद्दाको सुनुवाइ गरेका हुन् ।
उनको एकल इजलासमा अदालतको अवहेलना, सम्पत्ति शुद्धीकरण, बन्दीप्रत्यक्षीकरण र कालोबजारी तथा अन्य सामाजिक अपराधसम्बन्धी कसुरका गरी पाँच मुद्दा तोकिएका थिए ।
यससँगै जबराले अन्य न्यायाधीशहरूले इजलास बहिष्कार गरे पनि आफू भने निरन्तर न्याय सम्पादनमा सरिक हुने संकेत गरेका छन् ।
न्यायाधीशहरूले इजलास बहिष्कार गरेको आज तेस्रो दिन हो ।
प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमामा क्षति हुने गरिका काम गरेको भन्दै निकास (राजीनामा) दिनुपर्ने भन्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।