कोरिया जाने कामदारले पाँच हजार डलरको कोरोना बीमा गर्नुपर्ने

इपिएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बीमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड-१९ को बीमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो।

वैदेशिक रोजगार विभागको प्रस्तावअनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्योरेन्सले पोलिसी जारी गर्न तयार भएका छन् । यसअनुसार कोरिया जाने कामदारहरूले सम्बन्धित बिमा कम्पनीहरूसँग सम्पर्क गरी जोखिम बीमा गरी प्रमाण पत्र वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखामा बुझाउन सक्नेछन् ।

सूचीकृत नभएका अन्य बीमा कम्पनीहरू यस बीमा पोलिसी दिन तयार भई सूचीकृत हुन आएमा सूचीकृत गरिँदै लगिनेसमेत विभागले जनाएको छ । इपिएस अन्तर्गत नेपालबाट कोरिया जाने नेपाली कामदार कोरोना महामारीका कारण लामो समयदेखि रोकिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएपछि कोरोना मापदण्डको पूर्ण पालनाको सुनिश्चितता गरी कोरिया पक्षसँगको प्रतिबद्धता अनुरूप सरकारले कामदार लैजाने प्रक्रिया अगाडि बढाएको हो ।

-न्युज कारखाना 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १४:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया