२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

चेक किर्तेको अभियोगमा एक जना पक्राउ

किर्ते चेक कसुरमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटले किर्ते चेक कसुरमा तिलागुफा गाउँपालिका–७ का सरोज शाहीलाई पक्राउ गरेको हो । 

जिल्ला अदालत कालीकोटबाट २०७२ साल वैशाख ८ गते किर्ते चेक कसुरमा १ वर्ष कैद र १ लाख ६८ हजार ५ सय रूपैयाँ जरिवाना भएका शाहीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 



हालसम्म फरार प्रतिवादीको रुपमा रहेका शाहीलाई मंगलबार फेला पारी कैद र जरीवाना असुल उपरका लागि जिल्ला अदालत कालीकोटमा पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोट प्रमुख चक्रबहादुर शाहले बताए ।





  • प्रकाशित मिति : १० कात्तिक, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया