ब्राजिलको संसदीय समितिले राष्ट्रपति जायर बाेल्साेनाराे विरुद्ध अपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझाव दिएको हो ।
समितिले आफ्नो प्रतिवेदन महान्यायाधिवक्तालाई बुझाउने छ । प्रतिवेदनमा राष्ट्रपतिले महामारीको समयमा १३ गम्भीर अपराध गरेको आरोप लगाएको छ ।
६ महिना लामो अध्ययनपछि तयार पारिएको एक हजार २०० पेज लामो प्रतिवेदनमा बोल्सोनारोमाथि विभिन्न १३ ओटा आरोप लगाइएको छ । राष्ट्रपतिले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।
जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिलमा कोभिडका कारण ६ लाख ६ हजार २४६ जनाको मृत्यु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।