मन्त्रालयको गरिमा बढाउने योजनामा साथ दिन कर्मचारीहरूलाई खेलकुदमन्त्री गहतराजकाे आग्रह

नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषदको र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदबहाली भएको भन्दै साथ दिन कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजले आफू मन्त्रालयको गरिमा बढाउन योजनासहित पदमा बहाली भएको भन्दै कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका हुन\ ।

युवा तथा खेलकुद मन्त्रालय सम्हालेसँगै स्वत: राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष पदेन रहने व्यवस्था रहेको छ । खेल क्षेत्रबाट नेपाललाई विश्वमा चिनाउन र खेल पूर्वाधार निर्माण गरेर देशलाई समृद्धतर्फ अगाडि बढाउने योजना आफूसँग भएको पनि बताएका छन् ।

कार्यक्रममा राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, खेलकुद परिषदका कर्मचारी लगायतले मन्त्रीलाई स्वागत गरेका हुन् । 

स्वागत कार्यक्रममा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले राम्रो र सुविधायुक्त खेलाडीका लागि प्रशिक्षण स्थल नभएको भन्दै मन्त्रीको कार्यकालमा काम अघि बढ्ने अपेक्षा राखेका छन् । साथै कर्मचारीको सेवा सुविधामा विभिन्न सदस्य सचिव नियुक्त भए पनि सम्बोधन नभएको भन्दै सम्बोधन गरिदिन आग्रह गरे ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १६:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया