विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब २ अर्ब मानिसहरुले धुम्रपान गर्छन् ।
धुम्रपान गर्नेहरुमा अन्य मानिसको भन्दा करिब ३० प्रतिशत क्यान्सरको सम्भावना बढी हुन्छ ।
धुवामा पाइने कार्सिनोजेनिक कम्पोनेन्टले क्यान्सर गराउन मुख्य भुमिका खेल्ने गर्छ ।
कार्सिनोजेनिक कम्पोनेन्टले फोक्सोमा रहेका कोषभित्रको डीएनएलाई हानी पु¥याएर क्यान्सरको जोखिम बढाउँछ ।
प्रत्येक वर्ष करिब १८ लाख मानिसहरुको फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गर्छ ।
तर, नेचरमा प्रकाशित एक खोजले फोक्सोको कार्यक्षमता चमत्कारी रहेको देखाएको छ ।
उक्त खोजले धुम्रपानका कारण क्यान्सर गराउने अवस्थामा पुगेका कोषहरुसमेत परिवर्तन वा फेरिएर स्वस्थ्य अवस्थामा आउने जनाएको छ ।
अनुसन्धानका क्रममा धुम्रपान छोडेका मानिसको फोक्सोमा भएका कोषहरुले समेत लगभग धुम्रपान नगर्ने मानिसको जस्तै काम गर्न सक्ने पाइएको छ ।
त्यस्तै धुम्रपान गर्दै गरेका मानिसको फोक्सोका कोषहरु भने लगभग फोक्सोको क्यान्सर भएका मानिसको कोषजस्तै परिवर्तन हुने अध्ययनले देखाएको छ ।
उक्त खोजमा भनिए अनुसार बालक, वयष्क, धुम्रपान गर्ने, नगर्ने र छोडेकाहरुको सेलमाथि अध्ययन गरिएको थियो ।
धुम्रपान गर्ने मानिसको फोक्सोबाट १० हजार आनुवंशिक परिवर्तन भएको कोषसमेत अध्यनको लागि निकालिएको थियो ।
धुवाँले फोक्सोको कोषमा यती ठूलो परिवर्तन कसरी गर्छ भन्नेबारे अहिलेसम्म कुनै कारण भने पत्ता लागेको छैन ।
धुम्रपानका कारण कोषको एउटा अंशमात्र परिवर्तन नहुने गरेको अनुसन्धानको क्रममा देखिएको थियो ।
कुनै मानिसले धुम्रपान छोडेपछि सोही स्वस्थ्य अंशको तिव्र विकासले बिग्रेका कोषहरु हटेर नयाँ कोष बन्न मद्दत गर्छ ।
सेन्जर इन्स्टिच्युटका डा. पीटर क्याम्पबेलले अनुसन्धानका क्रममा ४० वर्षसम्म धुम्रपान गरेर छोडेका व्याक्तिको बिग्रेका कोषहरु तिव्ररुपले पुनः स्वस्थ्य अवस्थामा फर्किन लागेको भेटिएको बताए । उनले अनुसन्धानमा फोक्सोमा रहेका श्वासनलीहरुका कोषहरु धुम्रपान छोडेपछि फेरि स्वस्थ्य रुपमा विकास हुने गरेकोसमेत देखिएको बताए ।
त्यस्तै धुम्रपान छोडेपछि व्याक्तिको ४० प्रतिशत कोषहरु जीवनमा कहिलै धुम्रपान नगरेका व्याक्तिका कोषहरु जस्तै बन्ने गर्छन् ।
धुम्रपान छोडेपछि व्यक्तिको फोक्सो धेरै हदसम्म सामान्य व्याक्तिको जस्तै काम गर्ने अवस्थामा फर्किने गज्जबको क्षमता रहेको अध्यनकर्ताहरुले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।