काठमाडौं– अहिले स्मार्ट फोनको जमाना छ । त्यसैले हामी फोनबाट वा मोबाइलबाट अलगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग गरेको छ । तर, अर्कोतिर यसको बेफाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मार्टफोनको ब्याट्रि धेरै टिक्दैन ।
त्यसैले हामी मोबाइललाई पावरमा जोडिरहेका हुनसक्छौँ, मोेबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ । केही बुँदाः
मोबाइल धेरै बेर चार्जमा जोडिरहनु हुँदैन । सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चार्जरमा जोडिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चार्जर जोडेर छोड्ने बानी छ भने हामी त्यसबाट सतर्क हुनैपर्छ ।
पावर बैंकबाट वा डुप्लिकेट चार्जर वा अरु फोनका चार्जर जोड्ने बानी पनि बसाल्नु हुँदैन । यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बिग्रने समस्या हुनसक्छ ।
मोबाइललाई पानीबाट जोगाउनु पर्ने हुन्छ । त्यसो त पछिल्लो समय वाटर प्रुफ मोबाइल पनि आउन थालेका छन् । यसको अर्थ हामीले जथाभावी गर्न पाउने भन्ने पनि होइन ।
मोबाइललाई चार्जरमा जोड्दा विद्युत् सर्ट भए नभएको पहिले निश्चित गर्नुपर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।