मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कुमार गुप्ता अग्रवाल विजयी भएका छन् ।
संघको ५४औँ र ५५औँ साधारणसभापछि भएको निर्वाचनमा अग्रवाल १ हजार २ सय ४६ मतसहित विजयी भएका हुन् । उनले अध्यक्ष पदका अर्का प्रत्याशी राजकुमार न्यौपानेलाई ९१ मतान्तरले पराजित गरे । पूर्वअध्यक्ष समेत रहेका न्यौपानेले १ हजार १ सय ५५ मत पाएका थिए । निर्वाचनमा अध्यक्ष र ४ जना उपाध्यक्षसहित २७ जना कार्यसमितिका लागि निर्वाचन भएको थियो ।
वाणिज्यमा अग्रवाल
मकवानपुर उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् । बुधबार बिहान भएको मतगणनाअनुसार अनिल अग्रवालले ६७२ मत प्राप्त गरेका थिए भने वाणिज्यतर्फका उपाध्यक्षका आकांक्षी रामप्रसाद न्यौपानेले ६१८ मत प्राप्त गरेका हुन् ।
एसोसिएटमा चौलागाईं
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा एसोसियटतर्फको उपाध्यक्षमा उज्जवल चौलागार्इं विजयी भएका छन् ।
उनले ६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार विष्णु खनालले ५० मत प्राप्त गरेका थिए । निर्वाचनमा ११७ मतमध्ये ११६ मत खसेको थियो ।
उद्योगमा रानाभाट
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी भएका छन् । उनले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३७० मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले भने ३१९ मत प्राप्त गरेकी थिइन् ।
उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो । यसैगरी उद्योग सदस्य महिला आरंक्षण तर्फ सीतादेवी भेटुवाल (३७९) मत प्राप्त गरी विजयी भएकी छिन् । अर्का उम्मेदवार मेनका श्रेष्ठले ३२८ मत प्राप्त गरिन् ।
वस्तुगतमा राजु अधिकारी
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् । अधिकारीले १८ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्दी काव्यमणि अधिकारीले ११ मत पाएका थिए । निर्वाचनमा वस्तुगत तर्फ जम्मा ३२ मत रहेकोमा ३१ मत खसेको थियो । २ मत बदर भएको छ । त्यस्तै वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।