विवादबीच सर्वोच्चमा तोकियो आठ इजलास, प्रधानन्यायाधीश जबराको इजलासमा ३० मुद्दा

न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहँदा सर्वोच्च अदालतमा आज आठ इजलास तोकिएको छ । जसमध्ये ६ वटा संयुक्त र दुईवटा पूर्ण इजलास छन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनीसहितको इजलास तोकेका हुन् ।

आज पनि प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरूले इजलासमा पेसी तोकिएका मुद्दाहरूको सुनुवाइ गर्छन् भन्ने निश्चित छैन । उनीहरूले चार दिनदेखि इजलास बहिस्कार गर्दै आएका छन् । 

प्रधानन्यायाधीश जबराले पनि हिजो आफ्नो इजलासमा तोकिएका पाँचवटा मुद्दाको सुनुवाइ गरेका थिए । आज पनि उनले सुनुवाइ गर्ने भएका छन् । उनको इजलासमा ३० वटा मुद्दाको पेसी तोकिएको छ ।

सहकर्मी न्यायाधीशहरूले भने जबरालाई निकास (राजीनामा) दबाब दिँदै आएका छन् । उनीमाथि न्यायालयको गरिमामा क्षति पुग्ने गरी कार्यपालिकासँग भागबण्डा लिएको लगायतका आरोप लागेको छ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ११:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया