२ विकेटको जितसहित धनगढी पिपिएलको शीर्ष स्थानमा

काठमाडौं– पोखरामा जारी पोखरा प्रिमियम लिगअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा पोखरा पल्टनलाई एक्सपर्ट धनगढीले २ विकेटले पराजित गरेको छ । पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रनको योगफल तयार पारेको थियो । १ सय ४५ रनको लक्ष्य पछ्याएको धनगढीले ८ विकेट गुमाएर एक बल बाँकी छँदा लक्ष्य भेटायो । 

धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेले । उनले २६ बलमा ४ चौका र ४ छक्कासहित ४९ रन बनाएका थिए । यस्तै, पिटर ट्रिगोले अर्धशतक बनाए । उनले ३४ बलमा ५ चौका र ४ छक्काको मद्दतले ५३ रन जोडेको थिए । यस्तै सुबेन्दु पाण्डेले पनि २२ रन बनाएका थिए भने अन्य ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् । 

पोखराका रसिद खानले ४ विकेट लिए । यस्तै, ललित राजवंशी र विक्रम भुसालले समान २ विकेट लिए । यसअघि, टस जितेर ब्याटिङ रोजेको पोखराले राम्रो सुरुवात गर्न सकेन । पोखराका लागि रोहितकुमार पौडेलले ३१, रविइन्दर सिंहले २८ रन जोडे भने ओपनर आसिफ शेख २३ रनमा रनआउट भए ।

यस्तै, कप्तान शरद भेषवाकरले १४, मोहमद नाभेदले ११ तथा रसिद खानले नटआउट १५ रन जोडे । धनगढीका कमलसिंह ऐरीले पोखराको ४ विकेट लिएका थिए । यस्तै, प्रिटर ट्रिगो, डन लारेन्स र रोविन क्षेत्रीले समान १ विकेट लिए । 

यो जितसँगै धनगढी तालिकाको पहिलो स्थानमा पुगेको छ । ५ खेल खेलेको धनगढीले ६ अंक जोडेको छ । दुई खेल जितेको पोखरा ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । 
 
 





  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १३:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया