बझाङ थलाराको पहिरोः वेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजी गर्न गएको टोली फर्कियो

बेमौसमी वर्षाका कारण बझाङ थलारा गाँउपालिका–४ डिक्लामा गएको पहिरोमा परि बेपत्ताको खोजीका लागि गएको टोली फिर्ता भएको छ । 

पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए । कार्तिक पहिलो हप्ता आएको बेमौसमी बर्षापछिको पहिरोमा परी उनीहरु वेपत्ता भएका हुन् । 

कार्तिक २ गते डिक्लामा पहिरोमा परी बेपत्ता भएकामध्ये चार जनाको मात्र शव फेला परेको छ । दुईवटा शवको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । 

आठ दिनसम्म लगातार खोजी गरेको उद्धार टोलीले शव नभेटिएपछि १९ जनाको अवस्था पत्ता नलाग्दै खोजीकार्य बन्द गरेको हो ।  घटना भएको दोस्रो दिनमात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजीकार्य थालेको थियो । 

पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजीकार्य सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए ।
उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सम्मिलित टोली उद्धार कार्यमा संलग्न थियो । एक साता भन्दा बढी भयो खोज्न थालेको, अब मान्छे जिउँदै होलान् भन्ने आशा पनि छैन । अब भेटिने सम्भावना नदेखेर टोली बुधबार साँझ घटनास्थलबाट फर्केको हो ।’ 

बेपत्ता भएकाहरू जिवित भेटिने सम्भावना नरहेकाले खोजीकार्य बन्द भएको  र आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १२:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया