छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, सिरहा, नवलपरासी(पूर्व), झापा र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।  

काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सडकमा बा.४ ख ८७२५ नम्बरको टिपरले बा.२–०३० प ९४० नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा घर भएका २५ वर्षीय सुनिल प्रसाद महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । 

नवलपरासी(पूर्व), गैँडाकोट नगरपालिका–२ स्थित सडकमा पीबी ०४ भी ४६३९ भारतीय नम्बरको ट्रकले प्रदेश ३–०३–००१ प ६८७९ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने २५ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको छ । 

सिरहाको लहान नगरपालिका–३ स्थित सडकमा ना.८ ख १००२ नम्बरको कन्टेनरले प्र.१–०२–०४५ प ५९९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हाल पहिचान नखुलेका पुरुषको मृत्यु भएको छ । 

झापाको गौरादह नगरपालिका–१ किरात चोकमा मे.१ त ७६८७ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार झापा कन्काई नगरपालिका–६ मनता बस्ने ४५ वर्षीय गंगा बहादुर तामाङको बुधबार राति मृत्यु भएको छ । 



मोरङको बिराटनगर महानरगपालिका–३ स्थित सडकमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मोरङ बिराटनगर महानगरपालिका–३ बस्ने ६० वर्षीय रमेश कुमार पाण्डेको मृत्यु भएको छ । 

उक्त स्थानमा प्रदेश २– ०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश ३–०२–२३ च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि कार अनियन्त्रित भई ४ जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । 



  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १३:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया