साताभरी नै सेयर बजारमा उत्साह

यो साताभरी नै सेयर बजार उत्साहित बनेको छ । साताको अन्तिम दिन १३ दशमलव ०४ अंकले बढेको बजारमा साताभरी २२५ अंकले वृद्धि भएको छ । 

बिहीबार नेप्से २७८२.१७ विन्दुमा बन्द भएको छ । ५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बारम्बार तलमाथि गर्दै घम्साघम्सीका बीचमा अन्ततः सूचक दोहोरो अंकको साथ बढेको हो ।

यस दिन २२२ कम्पनीको ९२ लाख ३६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ७ समूहको भाउ वृद्धि भएको छ ।

माइक्रोफाइनान्स, हाइड्रोपावर तथ अन्य समूहका सूचकमा बढी वृद्धि देखिएको छ । रिडी हाइड्रोपावरको भाउ बढेर सर्किट लागेको छ । २९ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र जीवन विकास लघुवित्त परेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १५:४४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया