२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

जुम्लाको एक गाउँपालिकाले एकल पुरुष (विदुर) लाई भत्ता दिने भएको छ । जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई मासिक दुई हजार भत्ता दिने भएको हो ।  

चालू आर्थिक वर्षबाट एकल पुरुष भत्ता दिने कार्यक्रम सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।



‘४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई (विदुर) भत्ता प्रदान गर्ने निर्णय गरिएको हो,’ उनले भने, ‘मासिक दुई हजार रुपैयाँ विदुर भत्ता दिने निर्णय गरेका छौँ । यसका लागि सात लाख बजेटको व्यवस्थापन गरिएको छ । पछि अपुग बजेट थप गर्ने छौं ।’

गाउँपालिकाले भने यसबाहेक थप एकल पुरुष (विदुर) भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए । 





  • प्रकाशित मिति : ११ कात्तिक, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया