मोरिसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने

दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले आगामी दिनमा आफू राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने सम्भावना नरहेको बताएका छन् । 

दक्षिण अफ्रिकाले उनलाई आईसीसी टी–ट्वान्टी विश्वकप टोलीमा समावेश नगर्नु र उनको यो प्रकारको अभिव्यक्तिले उनी सन्यासको नजिक पुगेको अनुमान गरिएको छ । 
३४ वर्षीय मोरिसले दक्षिण अफ्रिका क्रिकेट संघलाई समेत आफूले राष्ट्रिय टोलीबाट नखेल्नेबारे जानकारी गराएका छन् । 

‘दक्षिण अफ्रिकाका लागि खेल्ने मेरा दिनहरू समाप्त भएको छ । म आधिकारीक रुपमा सन्यासको घोषणा गर्ने खालको होइन । उनीहरुलाई थाहा छ म कहाँ उभिएको छु र मलाई पनि थाहा छ म कहाँ छु भनेर,’ मोरिसले भने । 

मोरिसले आधिकारिक रूपमा सन्यासको घोषणा नगर्ने तर आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको समय सकिएको बताएका हुन् । उनले घरेलु क्रिकेट तथा टी–ट्वान्टी लिगमा भने ध्यान दिने जनाए । 

सन् २०१२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका मोरिसले दक्षिण अफ्रिकाका लागि ४२ एकदिवसीय, २३ टी–ट्वान्टी र चार टेस्ट खेलेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १६:३१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया