कांग्रेसको १४औँ महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने

सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार कार्यतालिका प्रकाशित गर्दै केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने जनाएको हो । 

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार २१ मंसिरबाटै निर्वाचन प्रक्रिया सुरु हुनेछ भने २५ गते निर्वाचन हुनेछ ।

एकदमै थोरै समयमा अन्य निर्वाचनका मिति र कार्यक्रमसमेतलाई ध्यानमा राखेर महाधिवेशनको कार्यतालिका ल्याएको उनले बताए । 

घिमिरेका अनुसार ७ वटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । त्योभन्दा तल्ला तहको अधिवेशन भने जिल्लाअनुसार तोकिएको छ ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १९:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया