बागमती सरकारको प्रवक्तामा मन्त्री खनाल

बागमती प्रदेश सरकारको बिहीबार साँझ बसेको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाललाई दिएको छ । 

मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खनाललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो । 

खनाललाई यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि मन्त्रीमा नियुक्त गरेकी थिइन् । एमाले छाडेर नेकपा समाजवादी पार्टीमा लागेका उनले मन्त्री बनेके केही दिनमै राजीनामा गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार २१:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया