प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू पदको लोभी नभएको बताएका छन् ।
उनले अहिले आफूले राजीनामा नदिने बताएका छन् ।
‘म संविधानको इमान्दार पदाधिकारी हुँ,’ उनले भनेका छन्, ‘मलाई संविधानले नै यो पदमा ल्याएको छ । संविधानको विधिबाट आयो भने महाभियोग लाग्यो भने छोड्छु ।’
उनले आफू पदको लोभी नभएको भन्दै राजीनामा दिन अहिले तयार नभएको बताएका छन् ।
प्राइम टाइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै जबराले यस्तो बताएका हुन् ।
‘राजीनामा मात्र निकास हो भन्ने सोच्नु भएको छ भने अरुले पनि सोच्नुस् भन्ने कुरा हो,’ जबराले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।