सिरी ‘ए’ : बोलोग्नालाई पराजित गर्दै नापोली शीर्ष स्थानमा

इटालियन सिरी ‘ए’अन्तर्गत बिहीबार राति भएको खेलमा घरेलु टोली नापोलीले बोलोग्नामाथि ३-० को सहज जित दर्ता गरेको छ ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले दुई तथा फावियनले एक गोल गरे ।

नापोलीले खेलको १८औं मिनेटमा फावियनको गोलबाट अग्रता लिएको थियो । ४१औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
 
पेनाल्टी बक्समा ग्यारी मेडेलले हातले बल छोएपछि रेफ्रीले भिएआरको सहायता लिदै नापोलीलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए । जसमा लोरेन्जो चुकेनन् ।

६२औं मिनेटमा लोरेन्जोले पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । 
इब्राहिमा एमबायले पेनाल्टी बक्समा भिक्टर ओसिमहेनलाई फउल गरेपछि नापोलीले पेनाल्टीको अवसर पाएको  थियो । त्यसलाई लोरेन्जोले खेर फालेनन् ।

जितपछि नेपोलीको १० खेलबाट २८अंक जोडेर शीर्ष स्थानमा उक्लिँदा पराजित बोलोग्ना समान खेलबाट १२ अंका साथ १२औं स्थानमा छ ।

दोस्रो स्थानको एसी मिलानसँग समान अंक नै रहेपनि नापोली गोल अन्तरमा अघि रहेको हो । 





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार ८:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया