सर्वाेच्चमा इजलास बस्दैन, तर निरन्तर तोकिन्छ

इजलास बस्नै नसक्ने अवस्था सिर्जना भएको सर्वोच्च अदालतमा आज पनि आठवटा इजलास तोकिएका छन् । त्यसमध्ये ६ वटा संयुक्त, एउटा एकल र एउटा पूर्ण इजलास तोकिएका हुन् ।

इजलास तोकिए पनि बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासमा बाहेक आइतबारयता अन्य न्यायाधीशहरूको इजलास बस्न सकेको छैन ।

जबराले तोकेका इजलास सहकर्मी न्यायाधीशहरूले भद्र अवज्ञा गर्दै आएका छन् । जबरालाई राजीनामा दिन दबाबस्वरूप न्यायाधीशहरूले भद्र अवज्ञा गर्दै आएका हुन् । 

जसका कारण पेसी तोकिएका कयौं मुद्दाहरूको सुनुवाइ ठप्प भएको छ । न्याय सेवा लिनबाट सेवाग्राही बञ्चित भएका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार ११:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया