Mon, 19 Nov, 2018


तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै
फरक धार  |  कात्तिक १७, २०७५

काठमाडौं– साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत शनिबार दिउँसो प्रतिस्पर्धा गर्दै छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदै छ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बंगलादेशसँग पराजित भएको थियो । 

प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बंगलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो । 

पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भुटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । उक्त प्रतियोगिताअन्तर्गत शनिबार अपराह्न हुने अन्तिम चरणको खेलमा पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । 
 



यो पनि नछुटाउनुहोस्