नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल भलिबल संघले शुक्रबार यसै वर्ष डिसेम्बर २१ देखि २९(पुष ६ देखि १४) सम्म बंगलादेशमा हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको जानकारी दिएको हो ।
अब संघले चाँडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ ।
नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्टमा समूह चरणबाटै बाहिरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।