फ्रेन्च वान लिगमा घरेलु टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिलीमाथि २-१ को रोमान्चक जित हात पारेको छ ।
पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै पिएसजी विजयी भएको हो ।
खेलको ३१औं मिनेटमा जोनाथान डाभिडले पाहुना टोली लिलीलाई अग्रता दिलाएका थिए । उनले बुराक इल्माजको पासमा गोल गरे ।
७४औं मिनेटमा मार्किन्हसले एन्जल डी मारियाको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
८८औं मिनेटमा एन्जल डी मारियाले नेयमारको पासमा गोल गर्दै पिएसजीको जित पक्का गरे ।
जितसँगै शीर्ष स्थानको पिएसजीले १२ खेलमा ३१ अंक जोड्दा पराजित लिली समान खेलबाट १५ अंकका साथ ११औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।